ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाे,लागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारै तिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।याे मन्दि यात्रा गर्न जाेकाेहिका लागि त्यती सहज छैन ।
यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै,
भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालाइ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै आएकाे छ ।
त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे सं:ख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ ।पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।
तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलाई नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुप थ्र्यो तर त्यसो देखिदैन ।यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ ।
“पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग च”ढाउँछन् ।पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ ।
त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।