Categories
राशिफल

भदौ १ गते शुक्रबारको हेर्नुस् यस्तो छ तपाइको राशिफल,पाथिभरमामाताले सबैको रक्षा गरुन्

श्री शाके १९४५ बि स २०८० भदौ १ गते शुक्रबार इश्वी सन २०२३ अगस्त १८ तारीख श्रावणशुक्ल पक्ष द्वितिया तिथी पूर्वफाल्गुनी नक्षत्र शिव योग कौलव करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा सिद्धि योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु भाद्रसंक्रान्ति ओल्केपर्व,कीर्तिपुरमा बाघभैरवमेला – ज्यो.प. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।

Categories
समाचार

२९ घण्टासम्म प्रभु बैंकको मोबाइल बैंकिङ र एटीएम नचल्ने

काठमाडौं । भोलि (शुक्रबार) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नचल्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

”यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ,” बैंकले सूचनामा भनेको छ ।

यसबाट ग्राहकलाई पर्ने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।

Categories
समाचार

आफ्नै लिङ्ग काटेका युवकको भरतपुरमा शल्यक्रिया

३२ साउन, चितवन । आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।

उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

उनी आफैं खाना खान सक्ने भएका छन् । ६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए ।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए ।

बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

Categories
समाचार

यसरि भएको थियो हलेसी महादेवको उत्पत्ति, भेटि स्वरुप ॐ लेखेर एक सेयर गर्नुहोस

हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।

हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ ।

गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्,

जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

Categories
समाचार

आज असार २१ गते बिहीबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरामाताले सबैको रक्षा गरुन्

आज श्री शाके १९४५ बि स २०८० असार २१ गते बिहीबार इश्वी सन २०२३ जूलाई ६ तारीख श्रावण कृष्ण पक्ष तृतिया तिथी श्रवण नक्षत्र विष्कुम्भ योग भद्रा करण चन्द्रमा मकर राशिमा राशिमा आनन्दादि योगमा ध्वज योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

Categories
समाचार

समीक्षा भन्छिन्- अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस्

काठमाडौं : गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।

उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’ धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।

उनले भनेकी छन्, ‘दाइले दुई(तीन वर्ष दुबईमा बसेर दुःख(संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’

यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन् । उनी अन्तर्वार्ताको बीचमै रोइन् । उनले रुँदै भनेकी छन्, ‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’

Categories
मनोरन्जन

उपचारमा आएका पुरुषहरुको लिङ्ग देख्दा लाज लाग्छ- महिला डाक्टर

मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ ।

जस्तै महिला यौन स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले एक जना महिला स्वास्थ्यकर्मीको यस्तो अबस्थामा के हुन्छ भनेर केही जिज्ञासा राखेका छौं ।

उनले आफ्नो अनुभव हामीलाई सेयर गरेकी छिन । महिला डाक्टरको पहिलो अनुभवमा उपचारमा आएका पुरुषको लिङ्ग देख्दा लाज लाग्छ भन्ने कुरा सेयर गरेकी छिन ।

यौन रोग तथा प्रस्तुती गराउने महिलाले उपचारको लागि महिला डाक्टर नै पाए उचित हुन्छ । त्यस्तै यो रोग सम्बन्धी समस्या लिएर गएका पुरुषको लागि उपचार गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् ।

असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ । विपरित बिरामीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजाउँनु हुँदैन् र चिकित्सकले पनि यस्तो कार्यमा लाज मान्नु हुँदैन् ।

यस्तै यौन तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर सृजना शर्मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलम पोखरामा कार्यरत रहेकी छन् । उनले आफुलाई सुरुमा पुरुषहरुको देख्दा लाज लागेको खुलासा गरेकी छन् ।

युवा अवस्थामा यो रोगको बारेमा सिकाइ भइरहेको अवस्थामा यस्तो समस्या थुप्रै झेलेको बताएकी छन् । तर अब सिक्ने अवस्थामा होस या काम गर्ने क्रममा होस् यस्तो कुरा देखेर लाज मान्नु हुँदैन् । सिक्ने बेलामा सहज तरिकाले सिकेको छ भने काम गर्न पनि सहज हुन्छ ।

Categories
मनोरन्जन

महिलाको स्तनमा पुरुषलाई किन यति धेरै दिलचस्पी ? – ओशोको दर्शनबाट जान्नुहोस्

महिला र पुरुषबीचको यौन सम्बन्धमा महिलाको स्तनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले पुरूषलाई सन्तुष्टि दिनमा मद्दत गर्छ भने महिलालाई आत्मिक आनन्द पनि दिन्छ। तर के तपाईले कहिल्यै सोच्नुभएको छ किन यस्तो हुन्छ ? हालै युरेसिया युनिभर्सिटीले यस विषयमा अनुसन्धान जारी गरेको छ ।

जसका अनुसार स्तनले महिला र पुरुषबीच पुलको काम गर्छ । यो अनुसन्धान युनिभर्सिटीको मनोविज्ञान विभागका अनुसन्धानकर्ताहरूले युरोप, एसिया, भारत, अमेरिका र नेदरल्याण्डका केही जोडीहरूमा गरेका हुन् । यसका केही निष्कर्षहरू यस प्रकार छन्। जुन ओशोको प्रवचनमापनि पहिले नै उल्लेख छ ।

उभिएको स्तन पुरुषहरूको लागि निमन्त्रणा हो से’क्स गर्दा पुरुषले स्तन थिच्छन् । यौ’न व्यवहार सुरु गर्नु अघि, महिलाको स्तनले पुरुषहरूलाई निम्तो दिन्छ। त्यसैले महिला–पुरुषको यौ’न प्रक्रियामा स्तनको भूमिका महत्वपूर्ण हुन्छ ।

पुरुषहरूले आफ्नो यौ’न भावनालाई थप सन्तुष्ट पार्न यिनीहरूको पूजा गर्छन्। यसले पुरुष र महिलालाई सन्तुष्टि दिन्छ। यो प्रक्रिया चरमोत्कर्षमा पुग्न आवश्यक छ। चरमोत्कर्षमा पुग्दा स्तन उभिएको (ठाडो) हुन्छ भन्ने विश्वास छ ।

कामसूत्रमा स्तनको स्पर्श आनन्दको आधार: वात्स्यायन द्वारा लिखित कामसूत्र शास्त्रमा यसको विस्तृत वर्णन गरिएको छ। यसमा ६४ वटा कार्य कलाको उल्लेख छ । यसमा पुरुषलाई आकर्षित गर्नेदेखि सन्तुष्ट पार्न महिलाले अपनाएको कलाको उल्लेख छ ।

यसमा ६४ वटा कार्य–आसन पनि छन्। कामसूत्रबाट प्रेरित भएर नै मन्दिरमा अनेकौ टुडालहरु बनाइएका छन् । त्यसैगरी दैवी शक्तिका रूपमा चौसठ्ठी योगिनीहरूको विचार पनि यसै आधारमा गरिएको छ ।

महिला–पुरुष सम्बन्धमा स्तनको निकै महत्व हुन्छ । एउटी महिलाले आफ्नो स्तनको सौन्दर्य आकर्षित मात्र हैन पुरुषलाई सन्तुष्ट पार्न र आफ्नो बच्चालाई आहार दिन सक्छिन् । जबकी, मनोवैज्ञानिक फ्रायडका अनुसार, स्तन महिलाको यौ’न अंगको बन्डलको भाग हो। त्यसैले पनि महिलालाई पुरुषको हातको स्पर्शले रमाइलो लाग्छ ।

पुरुषका लागि धेरै दिलचस्पी हुने कारण ओशोले बताएका छन् यस विषयमा ओशोको भाषण प्रसिद्ध छ। उनी भन्छन्, महिलाको स्तन र मानिसको दिमागमा गहिरो सम्बन्ध हुन्छ । साधारण मानिसले यो सम्बन्धलाई बुझ्दैनन्, तर यो उनीहरूको व्यवहारमा पनि झल्किन्छ।

ओशो भन्छन्, बच्चा आमाको गर्भमा हुँदा पूर्णतया एक्लो हुन्छ। उसले आमाको नाभीबाट पोषण पाउँछ। ऊ एप्सम लवण युक्त पानीमा सुत्छ। ओशो यसलाई एक प्रकारको समाधि भनिन्छ। पश्चिमामा त्यसैको नक्कल गर्दै ट्याङ्की बनाइन्छ र मानिसलाई एक–दुई घण्टासम्म गाडिन्छ ।

जब बच्चा जन्मन्छ, उसले आफ्नो पहिलो खाना आमाको दूधबाट (स्तनबाट) पाउँछ। यदि नवजात शिशु संसारमा पहिलो पटक कसैको सम्पर्कमा आउँछ भने त्यो महिलाको स्तन हो । मनोवैज्ञानिकहरू भन्छन् कि यसले जीवनभर बच्चाको दिमागमा बस्छ। यो पछि ठूलो भएपछि मानिसको मनोवैज्ञानिक आवश्यकता बन्छ।

जबसम्म बच्चा समझदार हुँदैन, तबसम्म उसले आमाको दूध पिइरहन्छ। खानेकुराका अन्य श्रोतहरू फेला पार्दा पनि उसले आमाको दूध अर्कै जोशमा पिउने गर्छ। आमाको दुधबाट उनको मन बढी सन्तुष्ट हुने भएकाले यस्तो हुन्छ । पछिपनि पुरुषले आफ्नो मन बढी सन्तुष्ट बनाउँन नै चुस्ने गर्दछन् ।

यसबारे मनोविश्लेषक डा. श्याम जाजोदिया भन्छन्, बच्चा ठूलो भएपछि आमाको दूधबाट टाढा जान्छ तर स्तनप्रतिको आकर्षण उनको अवचेतनमा रहन्छ ।जब उनी किशोरावस्थामा पुग्छन्, जसलाई प्युबर्टी एज भनिन्छ, तब उसले त्यसमा रहस्य खोज्न थाल्छ। यो सोचलाई पुरुषको उदय मान्नुपर्ने उनको तर्क छ । यस्तो कार्य महिला वा किशोरीहरुमा पनि हुने गरेको छ ।

उनले आफ्नै उभिएका स्तनहरू राम्रा छन् वा अरुको भन्दा कमजोर स्तनहरू छन् भन्दै हौसिने वा हीनताको भावना जाग्ने गर्दछ । स्तनको संलग्नताको यो रूप सेक्समा प्रतिबिम्बित हुन्छ। यही कारणले गर्दा यौनसम्पर्क गर्दा महिला र पुरुषमा स्तनप्रति विशेष आकर्षण हुन्छ ।

महिलालाई पनि आफ्नै ठूला स्तन मन पर्छ ठ्याक्कै महिलाहरुसँग यस्तै हुन्छ भन्ने त पुष्टि छैन । किशोराअवस्थामा केटीहरूमा पनि यो प्रवृत्तिले काम गर्छ। स्तनमा कुनै पनि प्रकारको आन्दोलनले महिलालाई चरम आनन्दमा पुर्‍याउँछ।

प्रसिद्ध दार्शनिक डा हिम्मत सिंह सिन्हा भन्छन्, पश्चिममा फ्रायडले स्तनलाई से’क्सको बन्डल भनेका छन् । फ्रायड भन्छन् कि किशोरअवस्थामा स्तनबाट मानिसले बेजोड आनन्द महसुस गर्छ। मानिस बढ्दै जाँदा, उसको शरीरमा आनन्दको दायरा गुप्तांगसम्म केन्द्रीत हुन्छ ।

महिलाहरूमा यो दायरा छाती र जननांगहरूमा सीमित छ। अलिकति टचमा उनीहरूले गुदगुदी महसुस गर्छन्। यस परिभाषालाई हेर्दा, स्तनको संवेदनशीलता प्रत्यक्ष रूपमा मानव मनोविज्ञानसँग सम्बन्धित छ। त्यसैले यौनसम्पर्क गर्दा पुरुषले महिलाको स्तन थिचेर आनन्द महसुस गर्छन् भने महिलाले पनि त्यसमा परम आनन्द पाउँछन् ।

Categories
समाचार

मेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे !

नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।

तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।

मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।

सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।

वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।

मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।

सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।

सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।

गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।

पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।

ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।

थप तस्वीरहरू :

बेहेका लागि सिंगारिएकी दुलही गोही ।

दुलही गोहीलाई सिंगार्ने तयारी ।

Categories
समाचार

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती ( कथा सहित )

ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाे,लागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारै तिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।याे मन्दि यात्रा गर्न जाेकाेहिका लागि त्यती सहज छैन ।

यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै,

भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालाइ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै आएकाे छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे सं:ख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ ।पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।

तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलाई नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुप थ्र्यो तर त्यसो देखिदैन ।यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ ।

“पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग च”ढाउँछन् ।पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ ।

त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।