Categories
समाचार

२९ घण्टासम्म प्रभु बैंकको मोबाइल बैंकिङ र एटीएम नचल्ने

काठमाडौं । भोलि (शुक्रबार) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नचल्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

”यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ,” बैंकले सूचनामा भनेको छ ।

यसबाट ग्राहकलाई पर्ने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।

Categories
समाचार

आफ्नै लिङ्ग काटेका युवकको भरतपुरमा शल्यक्रिया

३२ साउन, चितवन । आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।

उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

उनी आफैं खाना खान सक्ने भएका छन् । ६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए ।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए ।

बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

Categories
समाचार

यसरि भएको थियो हलेसी महादेवको उत्पत्ति, भेटि स्वरुप ॐ लेखेर एक सेयर गर्नुहोस

हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।

हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ ।

गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्,

जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

Categories
समाचार

आज असार २१ गते बिहीबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरामाताले सबैको रक्षा गरुन्

आज श्री शाके १९४५ बि स २०८० असार २१ गते बिहीबार इश्वी सन २०२३ जूलाई ६ तारीख श्रावण कृष्ण पक्ष तृतिया तिथी श्रवण नक्षत्र विष्कुम्भ योग भद्रा करण चन्द्रमा मकर राशिमा राशिमा आनन्दादि योगमा ध्वज योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

Categories
समाचार

समीक्षा भन्छिन्- अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस्

काठमाडौं : गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।

उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’ धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।

उनले भनेकी छन्, ‘दाइले दुई(तीन वर्ष दुबईमा बसेर दुःख(संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’

यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन् । उनी अन्तर्वार्ताको बीचमै रोइन् । उनले रुँदै भनेकी छन्, ‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’

Categories
समाचार

मेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे !

नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।

तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।

मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।

सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।

वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।

मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।

सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।

सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।

गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।

पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।

ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।

थप तस्वीरहरू :

बेहेका लागि सिंगारिएकी दुलही गोही ।

दुलही गोहीलाई सिंगार्ने तयारी ।

Categories
समाचार

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती ( कथा सहित )

ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाे,लागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारै तिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।याे मन्दि यात्रा गर्न जाेकाेहिका लागि त्यती सहज छैन ।

यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै,

भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालाइ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै आएकाे छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे सं:ख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ ।पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।

तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलाई नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुप थ्र्यो तर त्यसो देखिदैन ।यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ ।

“पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग च”ढाउँछन् ।पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ ।

त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

Categories
समाचार

३ कक्षा देखिको प्रेम सम्बन्ध विहेमा परिणत गरेको १५ महिनामै श्रीमानको यस्तो अवस्था

काठमाडौं– विवाह गरेको १५ महिनामै श्रीमानको यस्तो अवस्था भएको छ । उनीहरुको प्रेम सम्बन्ध कक्षा ३ देखिको थियो। त्यसमा अन्तरजातीय विवाह घर परिवार कसैको साथ छैन।हेर्नुहोस यो जोडीको संसार रूवाउने काहानी भिडियोसहित।

Categories
समाचार

यिनै हुन इटहरी दुर्घटनामा ज्यान गुमाउने आमाछोरि

सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठ:क्कर दिँदा आमा छोरीको ज्या,न गएको छ ।हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२, वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२, वर्षीया अनुशा अंशु घाइते हुनु भएको थियो ।

गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्या,न गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७, नम्बरको टिपरले को १४ प ५२६, नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।घ:टनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले प:क्राउ गरेको छ । इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उहाँकी आमाको ज्या,न गएपछि विद्यालयले आज शोक विदा दिएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।दु;र्घटनाको विषयमा थप अनु;सन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Categories
समाचार

हार्दिक श्रदान्जली मनमा दया माया भए #Rip लेखी शेयर गर्नुहोला यिनै हुन् हिजो इटहरीमा मृत्यु हुने

इटहरी : ईटहरी मुख्य चोकमा भएको सवारी दुर्घटनामा परि स्कुटरमा सवार एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको मृत्यु भएको हो ।पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते भएकी सरिताको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरी डिएसपी माधब काफ्लेले जानकारी दिए ।

यस्तै छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।मंगलबार दिउँसो ३:३० बजे टिपरले स्कुटरमा सवार आमाछोरीलाई ठक्कर दिएको थियो ।

घटनापछि आक्रोसित आफन्त र स्थानीयले ढुङ्गामुडा गरेका थिए । ढुङ्गा मुडा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्ले सहित ९ जना घाइते भएका छन् ।

यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन् ।आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो ।

आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए ।

टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैइरहेको छ ।