काठमाडौं– विवाह गरेको १५ महिनामै श्रीमानको यस्तो अवस्था भएको छ । उनीहरुको प्रेम सम्बन्ध कक्षा ३ देखिको थियो। त्यसमा अन्तरजातीय विवाह घर परिवार कसैको साथ छैन।हेर्नुहोस यो जोडीको संसार रूवाउने काहानी भिडियोसहित।

काठमाडौं– विवाह गरेको १५ महिनामै श्रीमानको यस्तो अवस्था भएको छ । उनीहरुको प्रेम सम्बन्ध कक्षा ३ देखिको थियो। त्यसमा अन्तरजातीय विवाह घर परिवार कसैको साथ छैन।हेर्नुहोस यो जोडीको संसार रूवाउने काहानी भिडियोसहित।
सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठ:क्कर दिँदा आमा छोरीको ज्या,न गएको छ ।हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२, वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२, वर्षीया अनुशा अंशु घाइते हुनु भएको थियो ।
गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्या,न गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७, नम्बरको टिपरले को १४ प ५२६, नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।घ:टनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले प:क्राउ गरेको छ । इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उहाँकी आमाको ज्या,न गएपछि विद्यालयले आज शोक विदा दिएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।दु;र्घटनाको विषयमा थप अनु;सन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कैलालीकी १७ बर्षिया अश्मीको नेपालगंजमा बला”त्कार || केटाले मा’र्ने धम्की दिएपछि पासो लगाईन Kailali
इटहरी : ईटहरी मुख्य चोकमा भएको सवारी दुर्घटनामा परि स्कुटरमा सवार एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको मृत्यु भएको हो ।पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएकी सरिताको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरी डिएसपी माधब काफ्लेले जानकारी दिए ।
यस्तै छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।मंगलबार दिउँसो ३:३० बजे टिपरले स्कुटरमा सवार आमाछोरीलाई ठक्कर दिएको थियो ।
घटनापछि आक्रोसित आफन्त र स्थानीयले ढुङ्गामुडा गरेका थिए । ढुङ्गा मुडा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्ले सहित ९ जना घाइते भएका छन् ।
यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन् ।आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए ।
टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैइरहेको छ ।
काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् ।
अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।
प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।
‘प्रहरीलाई मृतकको दिदीले खबर गर्नुभएको हो । तुरुन्तै घटनास्थलमा पुगेर दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । उहाँ मृत अवस्थामा भेटिनुभयो। शंकास्पद केही देखिँदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ उनले भने । सबै प्रक्रिया पुर्याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।
उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
बारा । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि निर्धात रुपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ ।
स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलाकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवा देबी लोहारिनलाई बोक्सी आरोपमा गयराति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन् ।
‘राति घरमा एक्लै बसेको बेलामा बोक्सी भन्दै घरभित्र पसेर एक्कासी कुटपिट गरेको पीडित लोहारिनले बताइन्। कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट बोहोरेकी लोहारिनको हाल कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
सोही साँझ घर नजिकैको धानखेतमा जादै गरेको अवस्थामा भोला र ओजिरले गाली गलौज गर्दै उनलाई कुटपिट गर्ने प्रयास गरेका थिए । ‘खेतमा पनि बोक्सी भन्दै आक्रमण गर्न खोजेका थिए । उनले भनिन्, ‘तर भागेर ज्यान जोगाए । पछि घरमै आएर कुटे ।’
यसअघि पनि उनीहरुले बोक्सी आरोपमा आफूलाई पटकपटक सार्वजनिक स्थलमा गालीबेइज्जत गर्दै आएको उनले बताइन् ।
बोक्सी आरोपमा महिलामाथि कुटपिट हुदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजिव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपी ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन । २ वर्षअघि पती रामाज्ञा ठाकुरको निधनपछि लोहारिन छोरा मिथिलेश शर्मासंगै घरमा बस्दै आएकी थिइन् ।
२० वर्षीय छोरा मिथिलेश पनि घटनाको समयमा घर बाहिर रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोली हिजो दिउसो घटनास्थल पठाइएको जानकारी दिए ।
अभिनेत्री पूजा शर्मा यति बेला विवाहको कुरालाई लिएर चर्चामा छिन्।आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ। यसपटक कात्तिक ७ विजया दशमी परेको छ। तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन्।
‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र!,’ उनले सेतोपाटीसँग भनिन्।
पूजा आफ्नो प्रेमीसँग झम्सिखेलमा ‘ट्याग’ होटल सञ्चालनमा ल्याउने तयारीमा छिन्।
पूजा हाल फिल्म ‘दान्भी’ को छायांकनमा व्यस्त छिन्। उनी फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्। रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ।
उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।
योसँगै उनी रेखा थापाको फिल्ममा पनि देखिनेछिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ।
पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।
‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’
उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।
ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ।
इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।
‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ।’
इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको उनले बताए। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।
यता, तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको बताएका छन्।
‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्।
काठमाडौं । गायक तथा फिल्म अभिनेता आमेश भण्डारी र गायिका समीक्षा अधिकारी पछिल्लो समय टिकटकमा निकै हिट छन् । टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन ।
हालैको अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिकटक बनाएर पोस्ट गरिरहेका थिए । यतिबेला आमेश घर फर्किएका छन् । यही क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उनले प्रस्ताव आए समीक्षासँग विवाह गर्न आफू तयार रहेको समेत बताए ।
उक्त टिभी शोका प्रस्तोताले आमेशलाई समीक्षाको बुबाआमा केटा माग्दै घर आउनुभयो भने के तपाईँ उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ? भनेर सोधेका थिए । आमेशको जवाफ थियो, ‘त्यस्तो भयो भने त एकदम लक्की हुन्छु । म विवाह गर्छु । मेरो उमेर पनि भयो ।’
पछिल्लो समय समीक्षा र आमेशबीच प्रेमको चर्चा पनि चलिरहेको छ । यो चर्चाबीच आमेशले विवाह गर्न तयार रहेको बताएका हुन् । तर समीक्षा मिल्ने साथी मात्र भएको उनले बताए । आमेश भन्छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा त छैनौं पछि के हुन्छ थाहा छैन ।’
नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।
तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।
मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।
सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।
वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।
मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।
सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।
सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।
गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।
पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।
ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।
थप तस्वीरहरू :